त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षातालिका सार्वजनिक गरेको छ ।ग्रेडिङ सिस्टम अनुसार स्नातकोत्तर तह गणित विषय दोस्रो बर्ष चौथो सत्र २०७३ परीक्षा कार्यक्रम बारे अत्यन्त जरुरी सूचना त्रिवि विज्ञान संस्थानको कार्यालयले प्रकाशित गरेको हो ।
२०७६ सालमा सञ्चालन हुने सो भन्दा अगाडिको आंशिक परीक्षाको परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार सञ्चालन गरिने भएकाले सम्बन्धीत सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।
हेर्नुहास् कतै तपाईलाईपनि यो तस्विरले गिज्याईरहेको त छैन ?
नेपालीमा एउटा एकदमै चर्चित उखान छ ‘जब पर्छ राती तब बुढी ताती’ । भनेको कुनै पनि काम गर्दा पूर्वतयारी नगरिकन बस्ने तर जब समस्या आइपर्छ तब अचानक आत्तिएर लाग्ने ।हरेक व्यक्तिले यदी राम्रो पुर्व तयारी गर्यो भने उसले धेरै कुराहरु पाउँन सक्छ ।
सहजताका लागि हामीले निरन्तरता दिनु आवश्यक हुन्छ । पछिल्लो समय यस्तो हामीले धेरै कुराहरु पाउने अपेक्षा गरिराखेका हुन्छौं ।अहिले परीक्षाको माहोल भएका हुनाले पनि हामीले यस्तो खालको कुराहरु तपाईसँग साझा गरिरहेका छौं ।
विशेषगरी परिक्षाको समयमा यस्तो खालको दृश्य देखिन्छ , विगतका दिनहरुमा पढाई भन्दा बाहेक ध्यान दिएका विद्यार्थीहरु पास उर्तिण हुनको लागि अध्यन गर्छन भने ठिकै अध्ययन गरेका विद्यार्थीहरु उत्कृष्ट हुनको लागि अध्ययन गर्छन तर उत्कृष्ट हुनेहरु पढ्दैनन पढेका कुराहरु राम्रोसँग याद मात्रै गर्छन किनभने उनीहरु पढाई गर्ने समयमा राम्रो पढेका हुन्छन् ।
तर पास मात्र गर्नेहरु परीक्षाको बेला बेस्सरी आत्तिएर दिन रात पढ्छन् तर त्यो पढाईको कुनै अर्थ छैन । मन दवावमा हुन्छ । आत्तिएर हतासमा हुन्छ । बढिरहेका बेला सबै आएजस्तो हुन्छ ।तर परीक्षामा लेख्नेबेलामा केहीपनि आउँदैन । यस्ता विद्यार्थी कि त फेल नै हुन्छन् । पास भएपनि मात्र पास टेक्छन् । यसैले नि रन्तर पढ्ने बानी गरौँ ।



















प्रतिक्रिया