Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले संसदमा कुन्ठा र निम्छरो अभिव्यक्तिलाई वास्ता गर्दिन भनेपछि बबाल…



प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति पछि प्रतिपक्षी सांसदहरुले त्यसको विरोध गरेका छन्। नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका छन्।

सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको भन्दै पटक पटक सांसदहरुलाई बस्न अनुरोध गरेपनि सांसदहरुले उठेर विरोध जनाए।

प्रश्न सोध्दा पनि प्रश्नको एउटा सीमा र मर्यादा हुन पर्छ भनेर प्रधानमन्त्रीले सांसदहरुले पुनस् विरोध गरेका थिए। सांसदहरुले प्रश्न सोध्ने अधिकार भए पनि अपशव्द सोध्ने अधिकार होइन भन्दै प्रधानमन्त्रीले भनेका थिए। माननियको ध्यानाकर्षण गर्न खोजेको हुँ भन्दै प्रधानमन्त्रीले मर्यादित ढंगले प्रश्न सोध्न पाउने तर अपशव्द सोध्न नपाउने भन्दै जवाफ दिएका थिए।

सांसदहरुको विरोधपछि प्रधानमन्त्रीले जवाफ टुंगाएका थिए।

यो पनि पढ्नुहोस्

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदको जवाफ फर्काउने क्रममा प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएको छ।

कांग्रेस संसदीय दलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएको हो। सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल पश्चात प्रतिनिधिसभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले क्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेका थिए।

बैठकको रोष्टमबाट संसदको गरिमा घटाउने, अमर्यादित र गैरसंसदीय भाषा बोलेको भन्दै कांग्रेस संसीय दल गम्भीर आपत्ति जनाएको हो। यस्तै,सभामुख कृष्णबहादुर महराले यस्ता शब्दहरु संसदको रेकर्डबाट तुरुन्त हटाउनुपर्नेमा नहटाइएको र संसदको गरिमाको रक्षाका लागि निर्णायक भूमिका निर्वाह नगरेको आरोप लगाएको छ।

‘संसदको गरिमामा आँच आउने खालमा यस्ता अभिलेखलाई संसदको रेकर्डबाट यथाशिघ्र हटाउन र गरिमामय ढंगले संसद सञ्चालन गर्नका लागि नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ’, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार १३:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।