Logo

प्रमुख समाचार

बाबुरामलाई झट्का, नयाँ शक्तिकी प्रभावशाली नेता नेकपामा प्रवेश



तत्कलीन नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरेकी छन् । धुम्वराहीस्थित नेकपाको मूख्यालयमा आयोजित कार्यक्रममा विकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले स्वागत गरे ।

विक पूर्व संविधान सभा सदस्य रहेकी थिइन् । सो अबसरमा बोल्दै प्रचण्डले एकता प्रक्रियामा एक कदम अघि बढिएको भन्दै पोलिटब्यूरो, जनवर्गाी संगठन र कार्यविभाजन एक दुई दिन भित्रै टुंग्याइने बताए । अध्यक्ष प्रचण्डले अबको केही दिनमै पार्टी एकतासम्बन्धी अर्को घोषणा हुने बताएका छन् ।

उनले भने, ‘आजमात्र एक कदम अगाडि बढेका छौं । केही दिनभित्रै तपाईहरुले लेख्न र प्रचार गर्न पाउनुहुनेछ ।’ नेकपाले पोलिटब्युरो केन्द्रीय सदस्यको कार्य विभाजन, जनवर्गीय संगठनको एकता जेठ ३ गते पार्टी एकता भएकै दिन घोषणा गर्ने तयारी गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

असन्तुष्ट नेता नेकपा प्रवेश गर्दै

डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँशक्ति पार्टीले फोरमसँग एकता गरेपछि सो समूहमा असन्तुष्टि बढेको छ । असन्तुष्टहरुले छुट्टै भेलाको आयोजना गरेका छन् ।

भेलामा पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमालका साथै देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायत उपस्थित थिए ।भेलामा सहभागी नेताहरुले पार्टी कमिटीलाई औपचारिकतामात्र सीमित गरेको तथा पार्टी एकता गर्नुपूर्व छलफल नभएकोमा असन्तुष्टि जनाएका छन् ।

असन्तुष्ट समूहका केही नेता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने तयारी छ ।

यसैबीच नवगठीत समाजवादी पार्टी, नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधन नभए आफ्नो दलले सरकार छोड्ने बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एक उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री रहेको समाजवादी पार्टीले जुनसुकै बेला सरकार छोड्ने बताए।

‘हामीले सरकार, संसद र सडकलाई आन्दोलनको मोर्चा बनाएका छौं तर सरकार प्राथमिकतामा छैन,’ भट्टराईले भने, ‘संविधान संशोधन भएन भने जतिबेला पनि सरकार छोडेर आन्दोलनको आँधीबेहरी ल्याउन सक्छौं।’

भट्टराईले प्रदेश नम्बर दुईमा रहेको आफ्नो पार्टीको सरकारलाई ढाल्ने प्रयास भए पनि त्यो सफल नहुने बताए। भट्टराईले आफूहरूले च्याँखे थाप्नका लागि नभई परिवर्तन गर्न पार्टी बनाएको तर्क गरे ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार १२:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।