सरकारले क्यान्सर रोगीहरुलाई दिदै आएको एक लाख रुपैँया आथिक सहयोग बजेटको अभाव भन्दै रोका गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिइँदै आएको १ लाख रुपैयाँआर्थिक सहायता रोक्का गर्नुपरेको प्रष्टयाएकी छिन् ।
बजेटको अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूचि तयार पार्ने काम पनि स्थगित गरेको सचिव चौधरीले स्पष्ट पारे । आइतबार काठमाण्डौमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा उनले आँखाको क्यान्सर रोगको उपचारको लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने आश्वासन दिएका छन् ।सचिव चौधरीले क्यान्सरजस्ता जटिल रोगहरुको उपचारका लागि सरकारले कम्तीमा पनि ५ लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास गरिरहेको पनि जानकारी दिएकी छन् ।
कार्यक्रममा तिलगंगा अस्पतालका संस्थापक एवम् कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । आँखाको रोगको क्षेत्रमा अनुसन्धान गरिरहेको आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजलाई त्यस रोगबारे विस्तृत जानकारी समेटिएको सूचना अनलाइन सेवामार्फत सर्वसाधारणले हेर्ने व्यवस्था गर्न पनि गम्भीर ध्यानाकर्षण गराउनु भयो ।


















प्रतिक्रिया