खुला प्रतिस्पर्धा परीक्षामा नातेदारलाई पास गरेको भन्दै नेवि संघले त्रिुभवन विश्वविद्यालयको कीर्तिपुरस्थित सेवा आयोग कार्यालय तोडफोड गरेका छन् ।
घटनामा संलग्न नेविसंघ त्रिवि इकाइका सचिव योगेन्द्र रावलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा समाजवादी पार्टी आवद्ध विद्यार्थी रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।
विद्यार्थीहरुले आयोग अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाएका छन् । सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा आयोग अध्यक्ष, त्रिविकै उच्च अधिकारी, विद्यार्थी संगठनका नेता र पार्टीका नेताका नातेदारहरुको नाम निस्किएको उनीहरुको आरोप छ । नतिजा वैशाख १३ मा सार्वजनिक भएको थियो ।
अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, अनुगमन महाशाखा प्रमुख विष्णुप्रसाद खनाललगायत उच्च पदाधिकारीका नातेदारहरूको नाम लिखित परीक्षामा निस्किएको छ।
लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा समेत यसबारे उजुरी परेको छ ।
त्रिविका कर्मचारी संघ-संगठन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र, कुलपति, उपकुलपति कार्यालयलगायतत्रिविकै विभिन्न निकायमा समेत उजुरी दिएका छन्।


















प्रतिक्रिया