Logo

प्रमुख समाचार

दुई तिहाईको कम्युनिष्टलाई हराउदै काग्रेसले मार्यो बाजी



दोलखा उधोग बाणीज्य संघको अध्यक्षमा नेकपा निकट प्रगतिशिल प्यानलालाई हराउँदै काग्रेस निकट लोकतान्त्रिक प्यानलका ईन्द्र बहादुर श्रेष्ठ विजयी भएका हुन् । नेकपाको बलियो गढको रुपमा रहेको दोलखमा काग्रेस निकट व्यवसायीको जितलाई अर्थपुर्ण रुपमा हेरिएको छ । गत प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा कागे्रसका उमेदवारहरुले नेकपा उमेदवार सँग लज्जास्पद हार बेहोरेका थिए ।

आज आएको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले प्रतिस्पर्धी प्रगतिशील प्यानलका सुन्दर कार्कीलाई ३६ मतको अन्तरले हराउदै अध्यक्ष पदमा विजयी भए । ८ सय ५ मत खसेको मध्ये श्रेष्ठले ४०३ र कार्कीले ३ सय ६७ मत ल्याए ।

श्रेष्ठलाई कांग्रेस र कार्कीलाई सत्तारुढ नेकपाको समर्थन थियो । दोलखाका संसदीय निर्वाचनदेखि अन्य पेशागत संघसंस्थाहरुमा समेत नेकपाकै बर्चस्व रहदै आएको छ । उद्योग बाणिज्य संघको नेतृत्वमा आउन समेत नेकपाले निकै मेहनत गरेपनि अन्तत कांग्रेस निकट उम्मेद्वार हाबी भए ।

१६ सदस्यीय कार्यसमिति मध्ये श्रेष्ठ प्यानलबाट बहुमतसहित १० जना बिजयी भए भने कार्की प्यानलका ६ जना विजयी भए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार १३:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।