Logo

प्रमुख समाचार

‘उत्तर दिन नसक्ने मन्त्री यादवले तत्काल राजीनामा दिनुपर्छ : बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी



समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग एभिन्युजका पत्रकार सुशिल पाण्डेले आइतवार लिएको अन्तरवार्ता सोमबारदेखि सामाजिक सन्जालमा भाईरल बनेको छ ।

केहिले उक्त अन्तर्वार्तामा पत्रकार पाण्डेले अशिष्ट तरिकाले प्रस्तुत भएको भन्दै आलोचना गरेका छन् भने कसैले स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अन्तर्वार्तामा सोधिएको प्रश्नको उत्तर दिन नसकेर स्टुडियोबाट भागेको विश्लेषण गरिरहेका छन् ।

पक्ष र विपक्षमा सामाजिक सञ्जालमा चलिरहेको बहस सेलाउन नपाउदै एक जना बरिष्ठ अधिवक्ताले जनताको प्रश्नको जवाफ दिन नसक्ने मन्त्रीले पद नै त्याग्नुपर्ने बताएका छन् एभिन्युज बाट प्रसारित हुने ‘सकस राजनीति’ कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यस्तो बताएका हुन ।

वाइड बडीलगायतका भ्रष्ट्राचारका विषयमा अहिले आम नेपालीले प्रश्न उठाइरहेको बेला मिडियाले त्याशी प्रश्नको उत्तर सरकारको जिम्मेवार व्यक्ति अर्थात् उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवलाई सोधिएको भन्दै त्यसको उत्तर उनले दिनैपर्ने बताए ।

‘तपाई वाइडबडीको कुरा उठाउनुभयो । राष्ट्रका हरेक नागरकिको दिमागमा त्यो प्रश्न उठिरहेको छ र मिडिया त्यो प्रश्न सोध्ने अधिकार मिडियासँग छ’ उनले भने – ‘ उहाँले त्यो प्रश्नको जवाफ दिनैपर्छ । हैन भने कुर्सी छोड्नुपर्छ ।’

नेपाली नागरिकलाई संविधानले नै सूचनाको हक प्रदान गरेको स्मरण गराउदै उनले अगाडि थपे- ‘पिपुल्सलाई संविधानले नै के भन्याछ भने राइट टु इन्फर्मेसन भन्या छ । त्यो हरेक सार्वजनिक विषयमा प्रश्नहरु उठिरहेका छन् त्यसको जवाफ दिनैपर्छ ।’

उनले यदि कुनै मन्त्री अथवा नेतालाई मिडियाले सार्वजनिक विषयको प्रश्न सोधिसकेको अवस्थामा उत्तर दिन नसके लोकतान्त्रिक समाजमा त्यस्तो मन्त्री फिट नहुने टिप्पणी गरे ।

। बीरगंजमा रहेको एभिन्युजको कार्यालयमाथी भएको व्यापक तोडफोड निन्दनीय भएको र उक्त कर्यालयमाथि भएको आक्रमणमा संग्लन जोकोहिलाई तत्काल कारवाहिको दायरामा ल्याउन पर्ने उनको भनाई छ ।सार्वजनिक चासोको प्रश्न सोधेककै भरमा मिडियामाथि गुण्डा लगाएर आक्रमण गर्नु पनि निन्दनीय भएको बताए ।

एभिन्युजमाथिको आक्रमणको सिङ्गो राष्ट्रले नै निन्दा गर्नुपर्ने भन्दै यसका बिरुद्ध देशव्यापी सम्पूर्ण राजनितिज्ञ तथा लोकतान्त्रिक शक्तिरुलाई कडाभन्दा कडा शब्दमा भत्र्सना गर्नु पर्नेमा जोड दिए।

पत्रकारको काम सम्पूर्ण जनमानसको मनमा उठेका सवालहरुलाई समेटेर सरकारमा बसेकाहरुलाई कडाभन्दा कडा तरिकाले प्रश्न सोध्ने पनि भएको भन्दै उनले यसैगरी प्रश्न सोधेर नै जवाफदेही बनाउनुपर्ने जिकी र गरे र मिडियाहरुले सत्ता सञ्चालन गरिरहेका ब्याक्तिहरुको जयजयकार गर्नु होइन भन्ने कुरामा सबैले स्पष्ट रहनुपर्ने कुरामा उनको जोड छ ।

आलोचना, भ्रष्टचार तथा ख़राब आचरणलाई एक्सपोज गर्नु नै मीडिया या पत्रकारको धर्मं भएको उनले बताए । त्यस्तै सोही कार्याक्रममा बोल्दै राजनीतिक विश्लेषक डा। सुरेन्द्र केसीले पंचायत शासनको सम्झना गर्दै भने – “अहिले यो पंचायत भए उपेन्द्र यादावले तुरुन्त राजीनामा दिनु पर्थ्यो “।

डा। केसीले अहिलेको समयमा सबै छाडा भएको र त्यसको एउटा नमूना उपेन्द्र यादव प्रकट भएको दावी गरे। त्यस्तै कार्यक्रममा बोल्दै अधिवक्ता ओमप्रकाश अर्यालले पत्रकार सुशील पाण्डेले ‘तपाईको एकीकृत पार्टीले जनतालाई के दिन्छ ? ‘ भनेर गरिएको त्यो प्रश्न उपेन्द्र यादवका लागि अवसर भएको बताए ।

आफ्नो पार्टीको मिसन भिजन बताउन उनलाई ठुलै आमसभाको आवश्यकता पर्ने भन्दै यस्तो अवसरसहित आएको प्रश्नसँग रिसाएर कार्यक्रमबाटै भाग्नु गैर जिम्मेवार तरिका भएको बताए ।

यस्तै एभिन्यूज खबरको वीरगंजस्थित ब्यूरो कार्यकालमा समाजवादी पार्टीका कार्यकर्ताद्वार तोडफोड गरिएको घटनाको चारैतिर आलोचना भइरहेको बेला प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले एभिन्यूज खबरलाई बहिस्कार गर्न माग गरेका छन् ।

समाजिक सञ्जालको फेसबुकमा उनले सो माग गरेका हुन् । समाजवादी पार्टीका नेता समेत रहेका यादवले अतिथि देवो भवः का न्यूनतम संस्कार नभएकाले संस्कारी बन्न सिकौं भन्ने उपदेश समेत दिएका छन ।

एभिन्यूज खबरको कार्यक्रम सकस राजनीतिमा समाजवादी पार्टीका अध्यक्ष एंव उपप्रधानमन्त्री उपेन्द्र यादव प्रस्तोताको जवाफ दिन नसकेर कार्यक्रम बीचैमा छोडेर बाहिरिएका थिए ।

यो घटनाको सामाजिक संजालका विरोध भएपछि उनका कार्यकर्ताहरुले एभिन्यूज खबरको वीरगंजस्थित ब्यूरो कार्यकालमा तोडफोड गरेका थिए । वीरगन्ज घटनामा संलग्न समाजवादी पार्टी नेपालले समेत विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्तालाई उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार १२:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।