त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरद्धारा सेमेष्टर प्रणाली अन्तर्गत विद्यावारिधि तहको २०७६ सालमा सञ्चालन हुने प्रथम सेमेष्टरको परीक्षाको लागि परीक्षा आवेदन फारम भरी २०७६ साल जेठ ३० गते भित्रमा कार्यालयमा अनिवार्य रुपमा बुझाउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।
याे पनि पढ्नुहाेस्
नेकपा निकट बिष्णुमायाकी छोरीको परीक्षाका बेला विदेश भ्रमण परेका भन्दै परीक्षा नै सार्ने तयारी, हज्जारौ विद्यार्थीलाई अन्याय
हाम्रो देश नेपालमा ठूलापद धारण गरेकाहरुलाई कति सम्मको चैन सुन्दापनि आश्चर्य लाग्छ । नियमले साना ठुला केही भन्दैन् तर पछिल्लो समय कानून सबैले आफ्नै अनुकुल मात्र चलाउने परम्परा घट्नुको साटो झनै मौलाएर गएको छ ।
कुरा हो नेपालको नेपाल ल क्याम्पसको जहाँ बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको बुझिएको छ ।
जेठ २७ बाट नियमित रुपमा संचालन हुने परीक्षा तालिका नै सार्न परीक्षा नियन्त्रण कार्यलय बल्खुलाई सिफारिस गरिएको तथ्य बाहिरिएपछि सयौं बिद्यार्थीहरु चकित बनेका छन् । विशेष कारणले परीक्षा सर्नुमा कुनै चिन्ता हैन यहाँ परीक्षा सारिनुको कारण खुलेपछि विद्यार्थी मात्र हैन सामान्य मानिस समेत चकित बन्न पुगेका छन् ।
क्याम्पस प्रमुख डा. डिएन पराजुलीले एक विद्यार्थी भए पनि सकेसम्म परीक्षा नछुटोस् भनेर बल्खुलाई पत्राचार गरेको स्वीकार समेत गरेका छन् । ‘एकजना विद्यार्थी भए पनि हाम्रै विद्यार्थी हुन्, सकेसम्म परीक्षा मिस नहोस् भनेर पत्र लेखिएको हो, बल्खुले के गर्छ थाहा छैन,’ क्याम्पस प्रमुख पराजुलीले भने ।
स्रोतका अनुसार सोहि कलेजमा अध्यापन गरारहेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट बिष्णुमाया भुसालकी छोरी आफैँले खोजेको कार्यक्रमका लागि विदेश जान क्याम्पसले सिफारिसपत्र दिएको थियो । तर, सोहि मितिमा उनकी छोरीको परीक्षा परेपछि आर्थिक क्षति हुनेभन्दै क्याम्पस प्रमुखलाई बल्खुमा पत्राचार गर्न लगाएकी हुन् ।
यता, केही विद्यार्थीले भने क्याम्पस प्रमुख पराजुलीलाई भेटेर परीक्षा नसार्न दबाब दिएका छन् । विद्यार्थीको काम र मानसिक रूपमा समेत असर पर्ने भन्दै उनिहरुले परीक्षा नसार्न आग्रह गरेका हुन् ।
हाल बिएएलएलबी पाँचौँ वर्षमा नेपाल ल क्याम्पसमा मात्र एक सय पाँच विद्यार्थी अध्ययनरत छन् । देशभर त्रिविका तीन कलेजमा बिएएलएलबीको कक्षा सञ्चालन भइरहेको छ ।



















प्रतिक्रिया