नेविसंघका विद्यार्थी नेता दुर्गा कापडिले डडेलधुराको भुवनेश्वरी माबि जैसेरालाई पुस्तक हस्तान्तरण गरेको भन्दै विद्यालयले कापडिलाई सम्मान गरेको छ ।
आफुले कक्षा ४ देखी अध्ययन गरेको विद्यालयलाई पाँचसय पुस्तक विद्यालयलाई कापडिले हस्तान्तरण गरेका थिए । उनले कम्तीमा दुई लाखका पुस्तक बिद्यालयलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकृत जयराज भट्टले जानकारी दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि शेर बहादुर भण्डारीले कापडिको सहयोगले बिद्यालयलाई पुस्तकालय निमार्ण गर्न टेवा पुगेको बताएका छन् । सम्मान कार्यक्रममा सबै वडाका वडा अध्यक्ष, ४/५ वडामा रहेका स्कुलका प्रध्यानाध्यापक, बिद्यालय ब्यवस्थापन समिति, बुद्धिजिवी,अभिभावक, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।


















प्रतिक्रिया