Logo

राेजगार

लोक सेवाको बाधा अड्काऊ फुकाऊ प्रस्ताव मन्त्रिपरिषदबाट पारित, अब विज्ञापन गर्ने तयारीमा आयोग



लोक सेवाको बाधा अड्काऊ फुकाऊ प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । स्थानीय तहमा आवश्यक साढे ११ हजार बढी कर्मचारी पदपूर्तिका सन्दर्भमा देखिएका कानुनी जटिलता फुकाउन परामर्शसहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको प्रस्ताव सोमबारको बैठकबाट स्वीकृत भएको मन्त्रिपरिषद् स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

प्रस्ताव परिषद्मा पेस गर्नु अघि विभिन्न तहमा विभिन्न चरणमा यसबारे छलफल हुनुका साथै मन्त्री लालबाबु पण्डित र आयोगका अध्यक्षसमेतबीच मन्त्रालयमा छलफल भएको थियो । मन्त्री पण्डितले स्थानीय तहमा देखिएको कर्मचारी अभाव जति सक्दो चाँडो हटाउनु पर्ने भन्दै छिटो भन्दा छिटो विज्ञापन गर्न भन्दै आएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बिहीबार विभिन्न ४३७ स्थानीय तहबाट प्राप्त ११ हजार चार ९२ जनाको दरबन्दी विवरण आयोगमा पठाई सकेको छ ।

प्रस्ताव पास भएसँगै अब लोक सेवालाई विज्ञापन पर्ने बाटो खुलेको छ । स्थानीय तहका लागि सरकारबाट माग भई आए लगत्तै आयोग तयारीमा जुटिसकेकोले सरकारबाट कानुनी बाटो खुल्ला गरिदिने बित्तिकै प्रक्रिया विज्ञापन खोल्ने लोक सेवा आयोगले बताएको थियो ।

लोक सेवा आयोग तयारी अवस्थामा नै छ, आयोग स्रोतले प्रशासनलाई भन्यो, सरकारबाट बाधा अड्काऊ फुकाउको प्रस्ताव स्वीकृत भएर आए लगतै जति सक्दो चाँडो विज्ञापन गर्छ ।

यो पनि पढ्नुहोस्

लोक सेवा विज्ञापन प्रक्रिया यसै साताबाट

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले छोटो प्रक्रियाबाट कर्मचारी भर्नाका लागि यसै साता लोक सेवामा माग पठाउने तयारीमा रहेको बताएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको संयुक्त आयोजनामा सञ्चालित सङ्घीय पद्धति सुदृढीकरणमा स्थानीय जनप्रतिनिधि र कर्मचारीको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पण्डितले छोटो प्रक्रियाबाट टुंगिने गरी प्रक्रिया अघि बढाइएको बताएका हुन् ।

यही हप्ता लोक सेवालाई कर्मचारी भर्नाका लागि पठाउन लागिएको छ मन्त्री पण्डितले भने प्रादेशिक लोक सेवा नबनुन्जेल सङ्घीय लोकसेवाले छनौटको काम गर्ने संवैधानिक व्यवस्थाअनुसार उक्त प्रक्रिया अघि बढाइएको हो ।

तीन महिनाभित्रमा फास्ट ट्रयाकमा रिजल्ट दिने गरी लोक सेवा खुलाउने तयारीमा आफू रहेको मन्त्री पण्डितले जानकारी दिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार ०६:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।