अमेरिकी कंग्रेसले रक्षा खर्च कोषमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेको भिटो खारेज गरिदिएको छ । रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको सिनेटले नयाँ वर्षको पहिलो दिन दुर्लभ सत्र आयोजना गरेर रक्षा खर्च कोषमा राष्ट्रपति ट्रम्पले प्रयोग गरेको भिटो खारेज गरिदिएको हो ।
अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभमा ट्रम्पको भिटोमा यसअघि नै मतदान भएको थियो । ७४० अर्ब डलरको यो विधेयक मार्फत आउँदो एक वर्षसम्म अमेरिकी रक्षा नीतिमा खर्च गरिने बताइएको थियो । अब केही हप्तामा पद छोड्न लागेका राष्ट्रपति ट्रम्पले यो विधेयकको केही प्रावधानमा विरोध जनाएका थिए ।
सिनेटले ८१-१३ को मत विभाजनबाट नेशनल डिफेन्स अथोराइजेशन एक्ट पारित गरेको हो । राष्ट्रपतिको भिटो खारेज गर्न दुई तिहाई बहुमत आवश्यक पर्छ । यो घटनाक्रम नयाँ कंग्रेसको शपथ लिनु दुई दिन अघि भएको हो ।
प्रतिक्रिया