लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो। यो खबर आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन्।
आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको हो। आयोगले बिहीबार स्थानीय तहका पदको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गर्दै जेठको तेस्रो बुधबार खुलातर्फको पदपूर्तिको विज्ञापन आह्वान गरिने जानकारी दिएको छ।
कार्यतालिकाअनुसार चौथो, पाँचौं, छैटौं र नवौं तहसम्मका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरिनेछ। आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार हाल खुला प्रतिस्पर्धाका आधारमा लिइने पदका लागि मात्रै विज्ञापन आह्वान गर्न लागिएको हो।
आन्तरिक प्रतिस्पर्धाका लागि भने छिट्टै अर्को प्रक्रिया सुरु गर्ने आयोगको तयारी छ । खुला प्रतिस्पर्धाका लागि झन्डै ८ हजारको संख्यामा विज्ञापन आह्वान हुने आयोगको आँकलन छ।
यस्तो छ कार्यतालिका
लोकसेवा आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार नवौं तहका अप्राविधिकरप्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि लिइने परीक्षाको लिखित परीक्षा आगामी भदौमा हुनेछ भने नतिजा प्रकाशन असोजमा हुनेछ।
यसैगरी, अन्तर्वार्ता र सिफारिस कात्तिकमा गरिनेछ । छैटौं तहका अप्राविधिक पदको पहिलो चरणको लिखित परीक्षा साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । त्यस्तै, द्वितीय चरणको लिखित परीक्षा भदौ–असोजमा हुनेछ भने असोजरकार्तिकमा नतिजा प्रकाशन भई कार्तिकरमंसिरमा अन्तर्वार्ता र सिफारिस गरिनेछ।
त्यस्तै, छैटौं तहका प्राविधिक पदको पहिलो चरणको लिखित परीक्ष साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ। त्यस्तै, द्वितीय चरणको लिखित परीक्षा सञ्चालन भदौरअसोज मा हुनेछ भने कात्तिकमा नतिजा प्रकाशन तथा कात्तिकरमंसिरमा अन्तर्वार्ता र सिफारिस हुनेछ।
पाँचौं तहका अप्राविधिक पदको पहिलो चरणको लिखित परीक्षा साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । त्यस्तै, द्वितीय चरणको लिखित परीक्षा सञ्चालन भदौरअसोजमा हुनेछ । असोजरकात्तिकमा नतिजा प्रकाशन हुने र कात्तिकरमंसिरमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगको कार्यतालिकामा उल्लेख छ।
यसैगरी, पाँचौं तहका प्राविधिक पदको लिखित परीक्षा साउनरभदौा सञ्चालन हुनेछ । भदौमा नतिजा हुने र भदौरअसोजमा अन्तर्वार्ता र सिफारिस गरिनेछ ।
चौथो तहतर्फका अप्राविधिक पदहरूको पहिलो चरणको लिखित परीक्षा साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । त्यस्तै, द्वितीय चरणको लिखित परीक्षा सञ्चालन भदौरअसोजमा हुनेछ।असोजरकात्तिकमा नतिजा प्रकाशन हुने र कात्तिकरमंसिरमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगको कार्यतालिकामा उल्लेख छ।


















प्रतिक्रिया