प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालय बन्द गराउने कुरा सत्य नभएको दावी गरेका छन् । विहिवारदेखि राजधानीमा सुरु भएको हिसान शैक्षिक मेलालाई सम्बोधन गर्दै शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान ठुलो भएकोले बन्द गराउने कुरा सत्य नभएको बताएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री “ओलीले भने” ‘निजी शिक्षालयको कामको म प्रशंसा गर्दछु, सक्नुहुन्छ भने सामुदायिक विद्यालय पनि जिम्मा लिनुस,् जसरी पनि शिक्षालाई गुणस्तरीय बनाउँनु छ ’ । सरकारले निजी शिक्षाको लगानीलाई सुरक्षीत मात्रै होइन संरक्षित र प्रोत्साहन समेत गरिरहेको भन्दै ओलीले कुनै दुविधा नेपाली नीजि शिक्षामा लगानी गर्न आग्रह गरे । जुन क्षेत्रमा निजी लगानी हुन्छ त्यस क्षेत्रमा सरकारलाई अझै सजिलो हुने भन्दै ओलीले सरकारको ध्यान गुणस्तरीय शिक्षामा रहेको बताए ।


















प्रतिक्रिया