Logo

स्वास्थ्य

के तपाईलाई पाठेघरको मुख र स्तन क्यान्सरको समस्या छ ?



नेपालका ग्रामिण भेगमा मात्र होइन शहरका केही क्षेत्रमा पनि महिला दिदीबहिनीहरूमा पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क समस्या पछिल्लो समस्या जटिल हुँदै गएको छ ।

निशुल्क शिवर मार्फत महिला दिदिबहिनीका समस्या न्यूनिकरण गर्न नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले आफ्नो काठमाडौं क्षेत्र आज शनिबार यो अभियान सञ्चालन हुँदै गर्दै छन् ।

। आज बिहान करिव ११ बजे मइतीदेवीको विज्नेश स्कूलबाट सञ्चालन हुने निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा महिला दिदिबहिनी सहभागी भइ स्वास्थ्य जाँच गर्न थापाले आग्रह गरेका छन् ।

थापा भन्छन, यो मेरो महिला दिदिबहिनीहरुका लागि मेरो यो ‘सानो अभियान हो यसलाई निरन्तर रुपमा अगाडि बढाइनेछ । सबैको सहयोगको अपेक्षा लिएको छु ।’ यो कार्यक्रम आफ्नो क्षेत्रका सबै वडाहरूमा सञ्चालन गरिने छ ।

थापा अगाडि थप्दै भन्छन, शिविरमा नआउनेलाई पनि घरघरमा पुगेरै शिविरमा सहभागी गराउने प्रयास गरिने थापाले बताए ।थापाले नेपाल क्यान्सर रिलिफ सोसाइटीसँगको सहकार्यमा आफूले काठमाडौं क्षेत्र नम्बर ४ मा दिदी बहिनीहरूका लागि निःशुल्क परीक्षण गर्न लागेका हुन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार ०९:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।