Logo

राजनीति

पर्ख र हेरको अबस्थामा गौतम, ‘सबै तिर चर्किएको नेकपा जोगाउने सम्भावना देख्दै’



 नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको र अझै पनि एकता जोगाउने सम्भावना जिवित रहेको बताएका छन्। राष्ट्रियसभा सदस्य समेत रहका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रियसभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिदैँ नेकपा फुटिनसकेको र अझै पनि पार्टी एकता जोगाउने सम्भावना जिवित रहेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जिवित रहने उनको भनाई छ । उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडी बढाउने पनि बताए ।

उपाध्यक्ष गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए। उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफूसँग रहेको बताए ।

 गौतमको पर्ख र हेरको अबस्था

नेकपाको विवादका बिच बामदेव गौतमको निकै चर्चा छ । पार्टी विभाजनको संघारमा रौसिएको अवस्थामा गौतम पर्ख र हेरको अवस्थामा रहेकाछन् । यस अघि बामदेव गौतम र अर्का नेता रामबहादुर थापा पर्ख र हेरको अबस्था रहेपनि थापाले ओली पक्षको काध बोकेपछि गौतम अल्मलिएको चर्चा पनि छ ।

जबजब सत्तारुढ दल नेकपाको विवाद चुलिन्थ्यो, तब उपाध्यक्ष गौतमको भूमिका महत्वपूर्ण हुने गर्दथ्यो । ओली र प्रचण्ड नेपाल समुहबीच बहुमत सदस्यका लागि कसरत हुँदा बामदेवको दुवै पक्षमा खोजी हुन्थ्यो ।

अहिले दुवै समूहले फकाउने प्रयास गरिरहेका छन् । ओली समूहमा रहेकाहरु गौतम आफूहरुकै समूहमा रहेको दावी गरेका छन् । त्यस्तै दाबी प्रचण्ड नेपाल पक्षको पनि छ ।  

उपाध्यक्ष गौतमले संसद विघटनको आलोचना गरेपनि अझै पनि पार्टी एकताको लागि दबाब दिइरहेको दाबी गरिरहेका छन् ।  त्यो त पार्टी फुटको पिडा राम्रैसँग भोगेका गौतमले आफ्नो ब्यक्तीगत स्वार्थ सिद्धलाई पनि मध्यनजर गरेको चर्चा राजनितिक वृतमा चलेकोछ । 

प्रकाशित मिति : पुष १८, २०७७ शनिबार  १ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।