Logo

राजनीति

कांग्रेस सांसद देवले भने – ओलीजी तपाई सडकमा नाङ्गै देखिनुभयो, कपडा लगाउनुस् ! 



नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद जितेन्द्र देवले प्रतिनिधि सभा विघटन मुद्धा अदालतमा विचाराधीन रहेको भन्दै अदालतेका फैसलालाई मान्ने बताएका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै सांसद देवले कांग्रेसले संसद विघटन भएको विषयलाई राजनीतिक रुपले विरोध गरिसकेको बताए । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेर संवैधान उल्लंघन गरिएको उनले बताए ।

सांसद देवले संविधानको कुनै पनि धाराले संसद विघटन गर्ने अधिकार प्रदान नगरेको बताए ।

सरकार बनाउने विभिन्न विकल्पहरू रहँदारहँदै ओलीले विकल्पहरू प्रयोग नगरेर संविधानले व्यवस्था नगरेको अधिकार प्रयोग गरेर संसद विघटन गरेको कांग्रेसका सांसद देवले बताएका छन् ।

प्रधानमन्त्री ओलीका अन्धभक्तहरूका कारण ओली जनताका बीचमा नाङ्गै हिँडेको उनले बताएका छन् । सांसद देवले राजालाई जे लगाउँदा पनि राम्रो भनेर अन्धभक्तहरूले सुहाएको छ भनेर भन्ने गरेको कथा सुनाएका सांसद देवले ओलीलाई पनि अन्धभक्तहरूले नाङ्गै हिँड्ने अवस्थामा लगेको बताए ।

नेकपाभित्रको विवादले संसद विघटन गर्न नपाइने कांग्रेस सांसद देवले बताएका छन् । ‘कम्युनिस्ट भन्नेले संसद विघटन गर्दैन । जनताको हुँ भन्नेले यस्तो काम गर्दैगर्दैन’, उनले भने, ‘पार्टीभित्रको आन्तरिक विवादले संसद विघटन गर्न पाइँदैन ।’

कांग्रेस सांसद देवले उत्तर र दक्षिणबाट फास्ट ट्रयाकमा भएको चलखेलले नेपालको राष्ट्रियतालाई कमजोर बनाएको बताए । उनले ओलीसँग विदेशी चलखेलको विषयमा जवाफ मागेका छन् ।

प्रकाशित मिति : १८ पुष २०७७, शनिबार १४:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।