उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तित्व बढेको नेकपाकै अरु नेतालाई असह्य भएको बताएका छन् । नेकपा राजधानी मजदूर विशेष जिल्ला कमिटीको आयोजनामा पुतलीसडकस्थित जिफन्टको प्रांगणमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अरु कमरेडहरुलाई देशभक्त केपी ओलीको व्यक्तित्व बढेको असह्य भएको पोखरेलले बताएका हुन् उनले यपे त्यसैले उहाँहरु सधैं खिलाफमै लागिरहनुभयो ।’
कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका नेपाली भूमि फिर्ता गरेर ओलीले देशभक्तिपूर्ण काम गरेको र त्यो काम अन्य नेकपा नेताहरुलाई चित्त नबुझेको आरोप लगाउँदै ‘नेपाली भूमि फिर्ता लिएपछि केपी ओली कमरेडको व्यक्तित्व माथि पुगेको उनको भनाइ छ । फेरी थपे जुन,अरुलाई असह्य भयो ।’
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति इङ्गित गर्दै बोलेका पोखरेलले प्रधानमन्त्रीलाई पार्टी भित्रैबाट असहयोग भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गर्नुपरेको र यसलाई असंवैधानिक भन्नै नसकिने दाबी गरे ।
पोखरेलले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट कसैले पनि हटाउन नसक्ने जिकिर पनि गरे । गत अधिवेशनबाट आउँदो अधिवेशनसम्मको लागि ओली पार्टी अध्यक्ष नै भएको र जननिर्वाचित प्रधानमन्त्रीलाई कसैले हटाउन आँट नगर्ने पोखरेलको भनाइ छ ।
प्रतिक्रिया