प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा रुखबाट भेट्नो छिनेर दुई वटा फल झरेका बताएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति इङ्गित गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘एउटा रुखबाट दुई वटा फल भेट्नो छिनेर झरेका छन्’, शनिबार प्रज्ञा प्रष्ठिानमा काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘दुई वटा फल झर्दैमा रुख रित्तो हुँदैन ।’
रुखको रुपमा नेकपा र दाहाल–नेपाललाई दुई फलको रुपमा चित्रण गरेका ओलीले थप भनेका छन्, ‘दुई फल झर्यो , सकियो ।’ यसैबीच फरक प्रसङ्गमा ओलीले आफ्नो नेतृत्वको सरकारले दुनियाँ आश्चार्यचकित पर्नेगरी विकास गरेको बताएका छन् ।
प्रतिक्रिया