Logo

राजनीति

कांग्रेस वरिष्ठ नेता पौडेलले गरे अहिले सम्मकै चुनौतिपूर्ण खुलासा, केपी ओली प्रधानमन्त्री बन्न लायक छैनन्



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली प्रधामन्त्री रहन योग्य नरहेको खुलासा गरेका छन् ।

नेता पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा लेख लेख्दै भनेका छन्, केपी ओली तानाशाह प्रवृत्ति नेता जो हुन्, जसले प्रतिनिधिसभालाई कुहिएको छानो समेत भनेका छन् भनेर यस्तो व्यक्ति प्रधानमन्त्री हुन अयोग्य रहेको बताएका छन् ।

संविधानमा हुँदै नभएको विशेष अधिकारलाई लिएर गुड्डी हाँक्ने प्रधानमन्त्री ओली उक्त पदमा बस्न असक्षम रहेको टिप्पणी समेत पौडेलले गरेका छन् ।

उनले लेखेको जस्ताको तस्तै यस्तो छ, ,,”प्रतिनिधिसभा लाई कुहिएको छानो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री के. पी. ओली तानाशाह प्रवृत्ति हुन् । उनी नेपालको प्रधानमन्त्री रहन योग्य छैनन्” ।

प्रकाशित मिति : पुष १९, २०७७ आईतबार  १० : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।