Logo

राजनीति

संसद विघटनको रिटमा बिपक्षीले लिखित जवाफ बुझाउने आज अन्तिम दिन , राष्ट्रपति कार्यलयले लिखित जवाफ बुझाउने



संसद विघटनका बिरुद्धमा सर्वोच्चमा परेका विभिन्न १२ वटा रिटउपर संवैधानिक इजलासले जारी गरेको कारण देखाउ आदेशमा विपक्षीले लिखित जवाफ पेश गर्ने मिति आज सकिदैंछ । सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न आज पुस १९ गतेसम्मको समयसीमा दिएको थियो।  राष्ट्रपति कार्यालयले संसद विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज बुझाउँदै छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार  संवैधानिक कानुनी परामर्श सकेर आज जवाफ पेस गर्ने तयारी गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् । अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने जिकिर गर्दै सर्वोच्च अदालतमा एक दर्जन रिट दायर भएका थिए ।

गत पुस १० गते संवैधानिक इजलासले सरकारसँग संसद विघटन गर्नुको लिखित जवाफ माग गर्दै अर्को पेसी पुस २२ गतेका लागि तोकेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलासले पुस २२ गतेदेखि भने निरन्तर सुनुवाइमा राख्न पनि आदेश दिएको थियो ।

प्रकाशित मिति : पुष १९, २०७७ आईतबार  १२ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।