यतिखेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा धुव्रिकरणको अभियान नै चलेको छ । नेता तथा कार्यकर्ता को कुन समुहका लाग्ने ,राजनितिक आर्दश भन्दा कसरी सुरक्षित वन्न सकिन्छ भन्ने प्रमुख देखिन्छ । त्यसो त केन्द्रमा पनि पदका लागि नेकपा फुटेको र त्यसको प्रभाव तलसम्म पर्नु स्वभाविक नै हो । यसैविच पूर्व माओवादीबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य दधिराम न्यौपाने नेकपा ओली समुह तर्फ लागेका छन् ।
उनी लुम्बिनी प्रदेश सभामा रूपन्देही क्षेत्र नम्बर १ (ख) बाट तत्कालिन माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका थिए ।
उनी केही दिन अघिमात्र पूर्वमन्त्री घनश्याम भुषाल प्रमुख अतिथि बनेको रूपन्देहीको तिलोत्तमाको एक भेलामा पुगेर सम्वोधन नै गरेका थिए ।
प्रतिक्रिया