राष्ट्रपति विद्यादेवी भण्डारीले बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेकी छिन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष समेत रहेका नेता गौतमलाई ष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले गौतमलाई नियुक्त गरेकी हुन् । गौतम प्रतिनिधि सभाको निर्वाचनमा वर्दियाबाट पराजित भएका थिए ।
राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो ।
प्रतिक्रिया