Logo

राजनीति

वामदेवले लिए राष्ट्रिय सभा सदस्यको सपथ 



 नवनियुक्त राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमले सपथ ग्रहण गरेका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

मन्त्रीपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यका लागि गौतमको नाम सिफारिस गरेको थियो ।मन्त्रीपरिषद्को निर्णय अनुरुप नै विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् । 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ४ : १३ बजे