नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्नु भन्दा अगाडि पार्टी संसदिय दलको उपनेता रहेका सुवासचन्द्र नेम्बाङ करीब वर्ष डेढ पहिले आफूले बोलेको भिडियो बाहिरिएपछि ओली गुटमा बस्न नैतीक संकट उत्पन्न भएको छ । २०७६ सालको श्रावण ४ गतेको एउटा प्रसंगमा केपी शर्मा ओलीले संसद भंग गर्ने अधिकार नभएको प्रतिक्रिया दिएका नेम्बाङको उक्त भिडियो आज एकाएक भाईरल भएपछि उनलाई यस्तो संकट आएको हो ।
काभ्रेको धुलिखेलमा युएनडिपी र संसद सचिवालयले आयोजना गरेको अन्तरसंवाद तथा पत्रकार प्रशिक्षणका क्रममा समेत नेम्वाङले प्रधानमन्त्रीले चाहेर पनि संसद विघटन गर्न नसक्ने बताएका थिए । उनको अभिव्यक्ति बिपरीत ओलीले संसद बिघटन गरेपछि नेम्बाङको भनाईको आधिकारिकतामा समेत प्रश्न उठेको छ ।
उनले त्यतिबेला नेपालको संसदीय प्रणाली विकृत बनेका कारण संविधानमा धेरै सुधार गरिएको उल्लेख गरेका थिए । नेम्वाङले विगतमा ५८ दिनसम्म संसद विघटन गर्ने अभ्यास गर्नु गलत भएको उल्लेख गरेका थिए ।
उनले संसद बिघटन हुँदैन ५ वर्षपछि निर्वाचन हुन्छ भनेका थिए ।
हेर्नुहोस् नेम्बाङको भिडियो :
प्रतिक्रिया