Logo

राजनीति

‘जुंगा र कुम हल्लाएकाे हेरेरै हाम्रा अदालत र आयोगले असली र नक्कली चिन्दछन्’



प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपीशर्मा ओलीले कुन असली र कुन नक्कली भनेर हाम्रा अदालत र आयोगले राम्रैसँग चिन्ने बताएका छन् । चार्ली च्यापलीनको भूमिकामा रहेका चार मध्ये असली चार्ली च्यापलीन बाहिरीएको उदाहरण दिँदै ओलीले हाम्रा अदालतले जुंगा हेरेर, कुम हल्लाको हेरेर नै थाहा पाउने भन्दै त्यस्तो नहुँने दावी गरे ।नेकपा काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको बृहत्त भेलालाई सम्बोधन गर्दै ओलीले सूर्य चिन्ह हाम्रै हो ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे ।

उनले भने पार्टी बरमझियाको पेडाजस्तो हो र रु असली र नक्किल भन्ने,जसको घर हो उ आफ्नो घरका लागि मेरै हो भनेर जानु पर्दैन । ओलीले दाहाल (नेपालसमूहलाई रत्नपार्कमा सिसीमा औषधि बेच्नेको भन्दा हालत फरक नहुने दावी गरे । उहाँहरुको अघिपछि दुईचार जना बाहेक अरु हुने छैनन् ।कुर्सी बाहेक उहाँहरुको ध्यान जनता,संविधान संसोधन र लोकतन्त्रको रक्षाको निम्ती कहिल्यै नभएको उनले बताए

प्रधानमन्त्री ओलीले यस वर्षलाई नेपालको कम्युनिष्ट आन्दोलनको महानशुद्धिकरणको अभियानमा अघि बढ्ने बताए। दुईवटा नटबोल्टु फुक्लिए पछि गाडि आफै अगाडि बढेको भन्दै दाहाल र नेपाललाई उनले खिया लागेको नटबोल्टुसँग तुलना गरे ।कुर्सीका कारण अहिले नै दुई पक्ष दर्शन ढुंगा ठोकिएको जस्तो झल्याक झुलुक हुन थालेको उनले बताए ।

हिजोका दिनसम्म नेपाल र नेपालीकोबारेमा थाहा नपाउने अन्तर्राष्ट्रिय जगतले अहिले थाहा पाउन थालेको बताएका छन् । अहिले भारतका हेरेक जनतालाई सोध्यो भने नेपालका प्रधानमन्त्री को हो भनेपछि कण्ठैछ ।यसरी पहिला नेपालका प्रधानमन्त्री को छ भन्ने चासो पनि हुदैन थियो उनले भने, भारतसँग यसरी कुनै पनि प्रधानमन्त्रीले टक्कर लिन सकेको थिए ।

सन् २०२१ ले राष्ट्रियतालाई अझ मजबुध बनाउने भन्दै यो वर्ष नेपालको इतिहासमा एउटा उल्लेख्य टर्निङ प्वाइन्टको रुपमा रहने विश्वास व्यक्त गरे । हामी छोराबुहारी, भाई भतिजाका निम्ती लडिरहेका छैनौं देशका जनता र भविश्यका लागि लडनेछौं प्रधानमन्त्री ओलीले उल्लेख गरे । तीन महिनामा एकिकरण गर्ने काम तीन वर्षमा पनि पार्टीले पूरा हुन नदिएर कार्यकर्तालाई अलमलमा राखेको बताए । गएको तीन वर्षमा सरकारलाई कहिल्यै पनि सहयोग नगरेको ओलीको गुनासो थियो ।

प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद विघटन गरेको हुँ यसमा कसैले पनि पुर्नस्थापनको कल्पना नराख्न उनले आग्रह गरे । देशै अटाउने पार्टीमा तपाईहरु दुई जना अटाउन नसक्ने भन्ने छैन भन्दै फर्कन आब्हान गरे । अब फर्किएमा उपद्रो मच्चाउन पाइँदैन,थानकोमा राखिन्छ ।

व्यक्ति फर्के पनि प्रवृति फर्कन दिइने छैन उनले भने ।प्रचण्डलाई अहिले पनि अध्यक्षबाट नहटाएको र माधवकुमार नेपाल, झलनाथ खनाललाई बरिष्ठ नेताको रुपमा यथावत राखिएको बताए ।मुलुक अब निर्वाचनमा अघि बढी सकेको भन्दै उहाँहरुलाई दुईटा अंकको सिट ल्याउन चुनौती दिए ।

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार ०८:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।