नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिएकामा आपत्ति जनाएका छन् ।
राष्ट्रियसभा बैठकलाई बिहीबार पहिलोपटक सम्बोधन गर्दै गौतमले आफ्नै दलमा अविश्वास प्रस्ताव दर्ताको तयारी भएको थाहा पाएपछि ओलीले राजीनामा दिनुपर्नेमा संसद विघटन गरेको बताए । पार्टी एकता बचाउने अन्तिम प्रयास ओलीले गुमाएको टिप्पणी गौतमको थियो । उनले आफू ओलीको ठाउँमा भएको भए प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी एकता जोगाउने उल्लेख दिए ।
गौतमले संसद विघटन गर्दा आफूलाई जानकारी नदिएको भन्दै ओलीसँग असन्तुष्टि जनाए । ‘म प्रधानमन्त्री केपी ओलीको मित्र पनि हुँ, आलोचक पनि हुँ’, गौतमले भने, ‘मलाई संसद विघटन गर्दा एकपटक सोध्नुभएन ।’
ओलीले संसद भंग गर्नुअघि नै पटकपटक आफूलाई हटाउन खोजिए दुर्भाग्यपूर्ण हुने चेतावनी दिने गरेको स्मरण वामदेवले गरे ।
प्रतिक्रिया