Logo

राजनीति

संघीयता खारेज गर्ने लाइनमा ओली समूहको जाेड



काम चलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको समूहले संघीयता घाडो भएको निश्कर्ष सहित यसलाई खारेज गर्नेसम्मको बिकल्प खाज्न थालेको छ ।  प्रदेश सरकारमा ओली पक्षधरका मुख्यमन्त्रीहरुको पद धरापमा परेपछि  प्रदेशसभा विघटनको तयारी गरिरहेको बेला ओली पक्षका नेताहरुले संघीयता नै खारेज गरेर अघि बढ्न सुझाव दिएका छन् ।

पछिल्लो समय ओलीलाई भेट्ने उनी निकटस्थले संघीयता खारेजीका लागि सुझाव दिने गरेको ओली पक्षधर केन्द्रीय सदस्य एवम् सांसद निरु पालले बताइन् । ‘यो संघीयता भन्ने घाँडो नेपालमा काम छैन’, पालले भनिन्, ‘प्रधानमन्त्रीलाई संघीयता खारेज गर्न धेरैतिरबाट सुझाव आएको छ, मैले पनि त्यही सुझाव दिएकी छु ।’ ओली पनि संघीयता काम छैन भन्ने निस्कर्षमै रहेको दाबी पालको छ ।

नेकपाको प्रचण्ड–माधव समूहले ओली गणतन्त्र संघीयता र धर्मनिरपेक्षताजस्ता राजनीतिक उपलब्धी मन नपराउने व्यक्ति भएको टिप्पणी गर्दै आएका छन् । अनिच्छापूर्वक ओलीले स्वीकार गरेजस्तो गरे पनि गणतन्त्र र संघीयतामाथि ओलीबाट खतरा रहेको विश्लेषणा उनीहरुको थियो ।

ओलीले संविधानमा हुँदै नभएको अधिकमार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रचण्ड–नेपालले अब संघीयता र गणतन्त्रमाथि ओलीले आक्रमण गर्ने तयारी गरेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : पुष २४, २०७७ शुक्रबार  १२ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।