Logo

राजनीति

ओलीजी बिराएको बाटोबाट फर्कनुस्: अध्यक्ष नेपाल



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिराएको बाटोबाट फर्कन आग्रह गरेका छन् ।

गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको कार्यक्रममा नेपालले संविधान विघटनको कदम गलत भएकोले पार्टीसंगै ओलीलाई पनि सिध्याउने भन्दै ओलीलाई सच्चिन आग्रह गरे ।

नेपालले भने, केपी ओलीजीले बाटो बिराउनु भएको छ । बिराएको बाटोबाट फर्कनुस् । समय यही हो । नत्र इतिहासको रछ्यानमा तपाईंलाई फालिनेछ । यदि गल्ती स्वीकार गर्नुहुन्न भने । संविधानमा यति ठूलो घात गर्नुभएको छ यसले तपाईंको पनि भलो गर्दैन । अहिले नै सच्चिनुस् । गल्ती स्वीकार गर्नुस् । प्रतिनिधिसभा विघटनको निर्णय बेठीक भयो भन्नुस्”।

कार्यक्रममा नेपालले ओलीलाई आफ्नो गुट र आफ्ना मान्छेबाहेक कसैको मतलव नभएको आरोप लगाए । ओलीमा व्यक्तिवाद केन्द्रित मानासिकता रहेको भन्दै नेपालले ओलीले जनताको बारेमा नसोचेको बताए ।

प्रकाशित मिति : पुष २८, २०७७ मंगलबार  ४ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।