Logo

राजनीति

प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुका मुख्य कारण के के हो ?



नेकपा संसदको सबै भन्दा ठूलो दल हो । यो सगँ सरकार सञ्चालनका लागि स्पष्ट बहुमत थियो । तर पनि असंवैधानिक तरीकाले संसदको विघटन भएको भन्दै आलोचना शुरु भएको छ । आखिर ओलीले संसद विघटन किन गरे त रु यसबारे विभिन्न कारण देख्न सकिन्छ ।

संसदीय दलमा अल्पमतमा रहनु : प्रधानमन्त्री ओलीले केही समय अघि पार्टी भित्र संसदीय दलमा बहुमत पुर्याउन बालुवाटारमा बोलाएरै हस्ताक्षर गराउने र संसदीय दलको नेता र प्रधानमन्त्री कायम राख्ने रणनीति लिएका थिए । त्यो केही समय पछि पार्टी भित्र सहमति बनेकाले त्यो रोकियो ।

 अहिले पनि ओलीसगँ संसदमा बहुमत छैन भन्ने कुरा करीब ९० जना पार्टीकै सांसदहरुले भीम रावलको नेतृत्वमा शीतल निवासमा हस्ताक्षर सहितको निवेदन लिएर गएबाट स्पष्ट हुन्छ । त्यस कारण पार्टी भित्र पनि अल्पमतमा र संसदीय दलमा पनि अल्पमतमा रहेको अवस्थामा संसद आफ्नो पूरा कार्यकालका लागि अफाप हुने भए पछि उनले संसद विघटन गरेको देखिन्छ ।

त्यसो त यस अघि पनि अविस्वासको प्रस्ताव अघि आउने चेतावनी र ससंदमै प्रधानमन्त्रीको राजीनामा माग हुन थाले पछि उनले केही समय अघि नै संसदको अधिवेशन अन्त्य गरेका थिए ।

प्रधानमन्त्री पद र राष्ट्रपतिको पद जोगाउने प्रयासः संसद विघटन मार्फत निश्चित समय तमाम विरोध र आलोचनाका बीच सत्ता चलाउन पाउने ओलीले देखेको सपना हुन सक्छ । जुन उनका लागि सहज हुने छैन । अर्कोतिर राष्ट्रपतिले निरन्तर सरकारका असंवैधानिक भन्दै अरुले आलोचना गर्ने गरेका कदमहरुलाई लाल मोहर लगाउने गरेकाले उनको भूमिकामापथि पनि प्रश्न उठीरहेको थियो ।

 स्वयं नेकपा भित्रकै नेताहरुले राष्टूपति विरुद्ध पनि अभियोग प्रस्ताव दर्ता गराउने संभावना रहन्थ्यो । संसद नै नरहे पछि अभियोग लाग्ने कुरै भएन । यी सबै सुविधाका लागि प्रधानमन्त्री ओलीले संसद विघटन गरेका हुन सक्छन् । तर उनलाई यो अलोकतान्त्रिक कदमको भारी थेग्न सजिलो भने नहुने विष्लेषकहरुको भनाई छ ।

प्रकाशित मिति : पुष २८, २०७७ मंगलबार  ५ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।