Logo

राजनीति

ट्वीटर र फेसबुक पछि युट्युबले पनि लगायो ट्रम्पमाथि प्रतिबन्ध



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सामाजिक सञ्जाल ट्वीटर र फेसबुक पछि युट्युबले पनि प्रतिबन्ध लगाएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो कम्पनीका नीतिहरू उल्लंघन गरेको उल्लेख गर्दै युट्युबले ट्रम्पको च्यानलमा पोष्ट भएका नयाँ भिडिओहरू हटाएको छ भने कम्तिमा एक हप्ता नयाँ भिडिओ पोष्ट गर्न नपाउने गरी उनीमाथि प्रतिबन्ध लगाएको जनाएको छ । 

युट्युबमा ट्रम्पको च्यानलमा २७ लाख सब्स्क्राइबर्स रहेका छन् । 

 

गत साता अमेरिकी संसदमा ट्रम्पको समर्थकहरूले हिंसा फैलाएपछि ट्रम्पविरूद्ध सामाजिक सञ्जालहरूले प्रतिबन्ध लगाउन थालेका हुन् । 

 

प्रकाशित मिति : पुष २९, २०७७ बुधबार  ११ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।