नेकपा (दाहाल-नेपाल) समुहका अध्यक्ष माधव नेपालले मुलुकले केपी शर्मा ओलीको भार धेरै बोकिराख्न नसक्ने बताएका छन् ।
नेपाल बुद्धिजीवी संगठनद्वारा आयोजित प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम विषयक अन्तरक्रिर्या कार्यक्रममा विभिन्न अध्यादेशदेखि संसद् विघटनसम्मका गतिविधि र ३ वर्षको कार्यकालको समीक्षा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई विश्राम लिन आग्रह गरे ।
अन्तरक्रिर्या कार्यक्रममा उनले भने– ‘काम चलाउ प्रधानमन्त्री मात्र अब उहाँ प्रधानमन्त्री पदबाट बाहिरिन खुट्टा उचालेर बस्दा हुन्छ । ‘उहाँको तानाशाही प्रवृत्तिबाट कसैले चिच्याउनु पनि पाउनु भएको छैन । हामी निसासिएपछि हामी बोल्न बाध्य भएका हौ । उहाँले आफ्नो पार्टीसँगै प्रतिपक्षीको पनि मान मर्दन गर्नुभएको छ ।’
नेपालले भने, अब ओलीले विश्राम लिनुपर्छ, ओलीको बोझ यो देशले बोक्न सक्दैन । प्रधानमन्त्री ओली नेकपाको केन्द्रीय सदस्य कायमै रहेको बताउँदै नेपालले भने, ओली नेकपाका अध्यक्ष होइनन्, उनको गुट हो । उहाँले अहिले पनि अनेकौं गलत काम गर्दै हिँड्नुभएको छ । अहिलेसम्म पार्टी सदस्य त हुनुहुन्छ अब उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ ।
नेकपा केन्द्रीय कमिटी बैठकले ओलीलाई बहुमतले हटाइसकेको भन्दै नेपालले ओलीका असंवैधानिक कदमको विरोध गर्नुपर्ने बताए । उनले ओलीले घोषणा गरेको निर्वाचन हुने सम्भावना नरहेको पनि धारणा राखेका थिए ।




















प्रतिक्रिया