Logo

राजनीति

आवश्यता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्छ: प्रधानमन्त्री ओली 



प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।संविधान अपूर्ण देखिएको महशुस भएमा संविधान संशोधन गर्न सकिने ठोकुवा गरेका हुन् ।

शुक्रबार प्रधानमन्त्री ओलीले ‘अ ट्रिटिज अन दि कन्स्टिच्युशन अफ नेपाल २०१५’ नामक पुस्तक विमोचन गर्दै  स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताए । उनले भने, ‘केही केही व्यवहारका क्रममा भोलि गएर अपूर्णता पनि देखिएला ।

जनताको आवश्यकतालाई समयको माग अनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय, समानता वा विकासलाई यथोचित ढङ्गले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ । त्यस्तो पर्‍यो भने संविधान संशोधन हुन्छ । यो अपरिवर्तनशील र असंशोधनीय चिज होइन । स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशील विषय होइन ।’ 

प्रधानमन्त्री ओलीले संविधान संशोधनको आवश्यकता परेमा सबैले तयार रहनु पर्ने जनाएका छन् । ‘संविधान संशोधनका लागि हामी सबै खुला दिमाग राखेर विना बहकाउ तयारी रहनुपर्छ ।’

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १ : २९ बजे