लगातार बढ्दै गएको सुनको मूल्य मंगलबार प्रतितोला १ हजार रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँ वृद्धि भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ७०० पुगेको छ ।
सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ७०० रुपैयाँ थियो । त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला ८२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर मंगलवारप्रतितोला ८३५ पुगेको महासङ्घले जनाएको छ ।
साउन महिनायता सुनको मूल्य अत्यधिका मात्रामा वृद्धि हुँदै गएको छ । यही साउन १५ गते यता सुनको मूल्य प्रतितोला छ हजार रुपैयाँ बढिसकेको छ । अमेरिका–चीन व्यापार टकरावका कारण सुनको मूल्य वृद्धि भएको हो ।





















प्रतिक्रिया