राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट भएको हो । भेटमा सरकारका कामकारबाही र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जानकारी दिएको छ ।
प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।
प्रतिक्रिया