Logo

राजनीति

माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने  आयोगको प्रस्ताव



निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको छ । आइतबार आयोगले राजनीतिक दलहरुलाई छलफलमा बोलाएर मतदाता नामावली सम्बन्धी प्रस्तावित कार्यक्रमबारे छलफल गरेको छ । सोही छलफलमा आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने तथा त्रुटि भए सच्याउन १६ र १७ गते निवदेन दिने प्रस्ताव गरेको हो । 

छलफलमा सहभागी विभिन्न दलका प्रतिनिधिले  प्रतिनिधि विघटनको विषय अदालतमा विचराधीन रहेकोले हतारो नगर्न आयोगलाई सुझाएका थिए । छलफलमा नेकपा दाहाल–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले निर्वाचन कार्यक्रम अगाडि बढाउन नहुने बताए ।  

प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरिएको छ, तर प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै परेको मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ । 

प्रकाशित मिति : माघ ४, २०७७ आईतबार  ३ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।