Logo

राजनीति

‘प्रचण्ड चटके हुन्, नेपाल उनका मामुली कार्यकर्ता: प्रधानमन्त्री ओली  



प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चटकेको संज्ञा दिएका छन् । अखिल नेपाल महिला संघको केन्द्रीय समितिको दोस्रो बैठकमा सहभागी महिला नेतालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–प्रचण्ड चटके छन्, माधवकुमार नेपाल उनका मामुली कार्यकर्ता हुन् । 
 
प्रधानमन्त्री ओलीले प्रचण्ड पार्टी कब्जा गर्ने उद्देश्यले नेकपामा आएको र त्यो पूरा नभएका कारण फर्किएको टिप्प्णी गरेका छन् । प्रचण्डलाई पार्टी कब्जा गर्नवाट आफूले जोगाएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले माधव नेपाललाई पनि प्रचण्डले छक्याएको बताएका छन् । ‘तपाई नै अन्तिम वक्ता हो पार्टीको अध्यक्ष भइसक्नुभयो भन्दै झुक्याउँदै छन् भोलि के गर्छन हेर्दै जानुहोला’ प्रधानमन्त्री ओलीको टिप्पणी थियो ।

 प्रचण्डले जनयुद्धलाई बिर्सिसकेको भन्दै ओलीले जनयुद्धबाट पीडामा रहेका र बहिर्गमनमा परेका सबै लडाकुहरुको अब व्यवस्थापन गर्ने तर्फ आफू अग्रसर रहेको बताए । उनले जनयुद्धमा लागेर आफ्नो जीवन वर्वाद बनाएकाहरुलाई प्रचण्डले कहिल्यै नसम्झिएको र आफ्ना परिवारलाई मात्र फाइदा दिएको बताए ।देशमा परिवर्तन ल्याउन भन्दै लडाइयो तर अहिले कहाँ ल्याए त्यो कुरा सम्झाउन खोजेको हुँ, वहिर्गमनमा परेका लडाकुहरुलाई यथोचित ब्यवस्था गर्छु’ प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : माघ ४, २०७७ आईतबार  ४ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।