Logo

राजनीति

प्रतिनिधि सभा विघटन सम्बन्धी  राजपत्रमा प्रकाशित सूचना सर्वोच्चमा माग 



सर्वोच्च अदालतले प्रतिनिधि सभा  विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाई गर्ने क्रममा न्यायाधीश अनीलकुमार सिन्हाले राजपत्रको माग गरेका हुन्।सरकार बनेको समयमा उल्लेखित धारा र विघटन गर्दाको धारा फरकफरक रहेको बहसका क्रममा उठेपछि राजपत्रको सूचनाको माग भएको हो। 

यसअघि अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराई,  ज्ञानेन्द्र आरणले  प्रतिनिधि सभा  विघटन गर्ने सिफारिस राष्ट्रपतिले सदर गरेपछि राजपत्रमा प्रकाशित भएको आफूले थाहा नपाएको इजलासमा बताएका थिए ।उनीहरुले  सूचना राजत्रमा प्रकाशन नभएको हुनाले विघटनको सूचना अनधिकृत भएको बताएका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदकले  पटकपटक  कुरा उठाएपछि इजलासले राजपत्र छ कि छैन रु भनेर सरकारी पक्षलाई सोधेको थियो । सरकारी कदमको रक्षा गर्न उपस्थित महान्यायाधिवक्ता कार्यालयका अधिकारीले भने जवाफ दिन सकेनन् । त्यसपछि न्यायाधीश अनिलकुमार सिन्हाले तपाईंहरूसँग छ भने दिनुहोला भने ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार १६:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।