Logo

राजनीति

दाहाल-नेपाल समहुका कारण शुक्रबार उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त



शुक्रबार उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले भृकुटीमण्डपमा गर्ने बृहत विरोध प्रदर्शनका कारण उपत्यकाका मुख्य स्थानको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । ट्राफिक व्यवस्थापन प्रभावित भएपछि सर्वसाधारणहरु हिँडेरै गन्तव्यतर्फ लागेका छन् भने सवारी साधनहरु घन्टौं घण्टा सम्म ट्राफिक जाममा परेका छन् । 

काठमाडौको प्रमुख स्थानहरु माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस शुरु हुने दाहाल-नेपाल समुहले जनाएको छ । 

यस्तै, उपत्यकाका मात्र नभई राजधानी बाहिरका जिल्लाहरुबाट समेत सयौँ सवारीसाधन र हजारौँ कार्यकर्ताहरु प्रदर्शनका लागि उपत्यका भित्रिएको बताईएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले र्याली र सभा हुने स्थानमा चल्ने सार्वजनिक सवारी साधन रोकिएको जानकारी दिएका छन् ।

दाहाल-नेपाल समुहले प्रतिनिधि सभा विघटन विरुद्ध पुस ५ पछि लगातार आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार  १२ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।