Logo

राजनीति

दुई तिहाईको ग्यारेन्टी नहुँदासम्म ओलीले चुनाव गराउँदैनन् : नेता घनश्याम भुषाल 



नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका  नेता घनश्याम भुषालले आफूले दुई तिहाई ल्याउने ग्यारेन्टी नभएसम्म केपी ओलीले चुनाव नगराउने दावी गरेका छन् । उनले ओलीलाई घुँडा टेकाएर मात्रै आन्दोलन रोकिने पनि बताए ।

राजधानीमा गरेको प्रदर्शनपछि आयोजित सभामा नेता भुसालले ओलीको कदमको चर्को आलोचना गर्दै  चुनावको सपना नदेख्न चेतावनी दिए । उनले भने-चुनावको सपना कसैले देखेका छन् भने गलत हुन्छ ।

संविधान च्यातेर यो चुनाव हुने वाला छैन । म यो मासलाई अगाडि राखेर भन्छु, दुई तिहाईको ग्यारेन्टी नभएसम्म ओलीले चुनाव गर्दैनन् ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई पठाएको पत्र सबैले पढ्न भुषालले आग्रह गरे । भने– त्यो पत्रमा संसद विघटनका आठ कारणमध्ये सात कारण आफूलाई दुई तिहाई चाहिएको भन्ने छ । उहाँले सबै सेटिङ मिलाउनु भएको छ । अदालतमा समेत सेटिङ गर्नुभएको छ । तर, कामरेड हामी तपाईंका चलखेल, जालझेल र सेटिङ सफल हुन दिँदैनौं ।

उनले ओली पक्षले बनाएको साइबर सेनालाई साइबर स्यालको संज्ञा दिए । ओलीसँग ‘साइबर स्याल’ र सेटिङवाला मान्छे मात्र बाँकी रहेको टिप्पणी भुषालले गरे ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार १५:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।