Logo

राजनीति

ओलीलाई पार्टीबाटै निकालिसक्यौं: झलनाथ खनाल



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफूहरुले केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता खनालले ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहने बताए ।

ओली प्रतिगमनकारी भएको बताउँदै उनले ‘ओली कमरेड नरहेको’ बताए । उनले ओलीलाई कम्युनिस्ट आन्दोलनका भगौडासमेत भएको आरोप लगाए ।

प्रतिनिधिसभा विघटन गरेर देश र जनताप्रति गम्भीर धोका दिएको भन्दै वरिष्ठ नेता खनालले सर्वोच्च अदालतबाट संसद पुर्नस्थापना भएरै छाड्ने बताए । देश र जनताको हितका लागि संसद पुनस्र्थापनाको विकल्प नभएको भन्दै वरिष्ठ नेता खनालले संविधानका रक्षाका लागि पनि संसद पुनस्र्थापना भएरै छाड्ने बताए । सर्वोच्च अदालत र निर्वाचन आयोग जनआन्दोलनको भावना बनेको संरचना भएकाले पनि जनमतको कदर हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर देश र जनतालाई बेइमान गरेको भन्दै उनले जनमतलाई धोका दिएको बताए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार १५:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।