नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले अब शान्ति प्रक्रिया पनि विघटन गर्न खोजेको दावी गरेका छन् । शुक्रबार काठमाडौमा आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजा महाराजालाई फाले पनि ओलीमा पनि उस्तै चरीत्र रहेका दावी गरे ।
आफू प्रधानमन्त्री बन्नका लागि ओलीले जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने चरित्रको भएको भन्दै प्रचण्डले ओलीलाई तह लगाउन नसक्नुमा आफूहरुको पनि दोष भएको स्वीकार गरेका छन् । सुरुदेखि नै सहमति कडाईका साथ कार्यान्वयन गर्न सकिएको भए अहिले यो स्थिति आउने थिएन कि ? ’ समीक्षा गर्दै प्रचण्डले भने, ‘हाम्रो संघर्षले मात्र केपी ओलीलाई ठीक ठाउँमा राख्न सकिएन ।’
कार्यक्रममा अध्यक्ष दाहालले उनले कर्मचारी लगायतलाई आफूहरूको आन्दोलनमा नजान भन्दै सरकार र सरकारका मानिसहरूले धम्की दिने गरेको पाइएकोले त्यसो भएमा जनताको सरकारले कारवाही गर्ने बताएका छन्। आगामी सरकार फेरि जनता कै वन्ने र त्यसले केपी ओली प्रवृतिलाई कारवाही गर्ने दावी गरे । खबरदार केपी ओली, जनताले अब त्यसका लागि छुट दिने छैनन् ।’ उनले भने ।
प्रचण्डले आफूहरु राष्ट्र र जनताप्रति सधै समर्पित भएको स्पष्ट पारेका छन् । उनले आफूहरू शान्तिपूर्ण आन्दोलनमा रहने पनि बताएका छन्। देशलाई बरबाद हुने बाटोमा कसैले पनि भूमिका नखेलौं,’ उनले भने ।
प्रतिक्रिया