देशभर फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको नेपाल टेलिकमले सिन्धुलीमा व्यवसासयिक प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।
मंसिर ६ देखि काठमाडौंको पशुपतिनाथ परिसरबाट प्रारम्भ भई जनकपुरमा पुगेर मंसिर ९ गते समापन भएको हो । सो अवसरमा साइकल ¥याली ‘राइड थ्रु सिन्धुलीगढी’ र साँस्कृतिक कार्यक्रमको अवसरमा सिन्धुलीका स्थानीयवासीबीच सिम वितरण गर्नुका साथै सेवा तथा छुटहरुको बारेमा जानकारी दिनेसहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको टेलिकलकी प्रवक्ता प्रतिभा वैद्यद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
कार्यक्रम सिन्धुलीको मुलकोट, खनियाखर्क, सिन्धुलीमाढी र बलेनीका स्थानीयमाझ गरिएको थियो । कार्यक्रममा उत्साहजक सहभागिता रहेको थियो ।
तत्कालीन समयमा अंग्रेजले नेपालमाथि आक्रमण गरेका बेला सिन्धुलीगढीमा सानो समूहको नेपाली सेनाले ४ हजारभन्दा बढी अंगे्रज सेनामाथि विजय प्राप्त गरेको सम्झनामा संवृद्ध सिन्धुली अभियानद्वारा विजय उत्सवका रुपमा आयोजित साइकल य्रालीका अवसरमा सो कार्यक्रम गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पशुपतिनाथ परिसरबाट कम्पनीको लोगो अंकित झण्डा भएको साइकल कुदाएर अभियानको शुरुवात गरेका थिए । साइकल र्यालीमा विश्व साइकल यात्री पुष्कर शाहको सहभागिता रहेको थियो ।
कम्पनीले सहप्रायोजन गरेको साइकल ¥यालीका क्रममा मुलकोट र सिन्धुलीमाढीमा आयोजित विशाल सांस्कृतिक कार्यक्रममा कम्पनीको स्टल राखी सेवा प्रवद्र्धनका कार्यक्रम गरिसकेको छ । कार्यक्रममा कम्पनको सेवा, छुट र फोरजीका बारेमा उठेका जिज्ञासा मेटाउने काम गरिएको थियो ।




















प्रतिक्रिया