Logo

राजनीति

ओली सरकार हिटलरी शासनमा रुपान्तरण हुदैछ – डा. डीला संग्रौला



नेपाली काँग्रेसकी नेतृ डा. डीला संग्रौला नागरिक समाजको शान्तिपूर्ण अभियानमा लाठी र पानीका फोहोरासहितबाट दमन गर्नु सरकार पूर्णत निरंकुशतातर्फ अग्रसर भएको बताएकी छन् ।  सोमबार बालुवाटारमा भएको नागरिक समाजको प्रदर्शनमाथिको दमनमा टिप्पणी गर्दै डा. संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली बहुदलिय प्रजातान्त्रिक पद्धतिबाट हिटलरी शासनमा रुपान्तरण हुदै गरेको बताएकी छन् ।

उनले असंबैधानिक र अलोकतान्त्रिक निर्णयविरुद्धमा नागरिक समाजको आन्दोलनलाई थप उर्जासहित सम्पुर्ण राजनैतिक दलहरु यस दमनको बिरुद्ध एकाकार भै संविधान र लोकतान्त्रिक पद्धतिको रक्षार्थको लागि एक जुट हुन आग्रह गरेकी छन् ।

उनले भनेकी छन् :  

नेकपा भित्रको आपसी स्वार्थ र शक्ति संघर्सले गर्दा हठात रुपले प्रधानमन्त्री केपी ओलिले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र र संविधानको खिल्ली उडाउदै देशलाई भडखालोमा हालेको बर्तमान सन्दर्भमा नागरिक समाजको शान्तिपूर्ण अभियानमा लाठी र पानीका फोहोरा सहितबाट दमन गर्नु सरकार पूर्णत निरंकुशता तर्फ अग्रसर हुँदै संविधान र नागरिकहरुको हक अधिकारको विरुद्धमा उत्रिएको मात्र हैन कि केपि ओलि अब बहुदलिय प्रजातान्त्रिक पद्धतिबाट हिटलरी शासनमा रुपान्तरण हुदैछन भन्ने प्रहरिको बर्बर दमन र धरपकडबाट नेपाली जनताले आभास गरेका छन् । असंबैधानिक र अलोकतान्त्रिक निर्णयविरुद्धमा नागरिक समाजको आन्दोलनलाई थप उर्जासहित सम्पुर्ण राजनैतिक दलहरु यश दमनको बिरुद्ध एकाकार भै संविधान र लोकतान्त्रिक पद्धतिको रक्षार्थको लागि हामी सबै जुटौं ।

प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार  ५ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।