Logo

समाचार

ग्रिनहिल सिटी समाज मुलपानीको प्रथम साधारण सभा सम्पन्न



ग्रिनहिल सिटी समाज कागेश्वरी मनोहरा न.पा. वडा नम्बर ६, मुलपानी, काठमाडौंको प्रथम वार्षिक साधारण सभा पूर्व प्रधानमन्त्री एवं काठमाडौं क्षेत्र न २ प्रतिनीधि सभाका माननीय सांसद माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपालले ग्रिनहिल सिटी शहर भित्रको ब्यवस्थित शहर भएको बताए ।

समाजका अध्यक्ष बिश्वराज पौडेल(किरण)को सभापतित्वमा सम्पन्न भएको कार्यक्रम कोषाध्यक्ष ईश्वर उप्रेतीले संचालन गरेका थिउ । अध्यक्ष पौडेलले समग्र समाजको प्रगति विवरण राखे । बि.स.२०६८ सालबाट ग्रिनहिल सिटी कोलोनीको रुपमा बिकास भईरहेको आवास क्षेत्र देशका विभिन्न जिल्लाबाट आई विभिन्न पेशा ब्यवसाय अंगाल्ने मानिसहरुको बसोबास भईरहेको सम्भवतः देशकै ठूलो र व्यवस्थित कोलोनी हो ।

करिब ३२० रोपनी जग्गामा फैलेको ८ सयसम्म घर रहने यो कोलोनमिा हाल करिब ४ सय घर तयार भई मानिसहरु बसोबास गरिरहेका छन् । बाकी घरहरु निर्माणधिन अवस्थामा रहेका छन् । साधारण सभामा कार्य प्रगति प्रतिवेदन, आय ब्यय विवरण, भावि योजना लगायतका विभिन्न प्रस्ताबहरु पारित भएका छन् । ग्रिनहिल सिटी भित्र हाल सहकारी संस्था, जिम क्लब, योगा, डान्स, खेलकुख क्षेत्र, ग्रोसरी आदि रहेका छन् ।

साधारण सभामा कागेश्वरी मनोहरा नगरका प्रमुख कृष्णहरि थापा, कागेश्वरी मनोहरा नगर वडा नम्बर ६ का अध्यक्ष प्रकाश फुयाल, गोकर्णेश्वर नगर वडा नम्बर ७ का अध्यक्ष केशब गुरुङ्ग, ग्रिनहिल सिटी कम्पनीका प्रतिनीधि लगायत समाजका सदस्यहरको भब्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार ०४:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।