Logo

अन्तर्राष्ट्रिय

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभए सम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबंदी कायम राख्ने योजना बनाएको बताएका छन् ।

इजरायल र लेबनानबिचको युद्धविराम सम्झौता पछि इरानले शुक्रबार स्ट्रेट अफ होर्मुज पुनः खोलेको छ, यद्यपि तेहरानले अमेरिकी नाकाबंदी जारी रहेमा होर्मुज जलमार्ग फेरि बन्द गर्ने धम्की दिएको छ ।

तेहरान र वासिङ्टनबीच यस अघि भएको युद्धविराम बुधबार समाप्त हुने भएको छ ।

युद्धविराम विस्तार हुन्छ कि हुँदैन भनेर सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारहरूलाई युद्धविराम विस्तार नगर्ने तर नाकाबंदी जारी राख्ने बताएका हुन् ।

यस अघि पाकिस्तानमा भएको वार्तामा अमेरिका र इरानका मागहरू बीच मुख्य भिन्नता भएका कारण सहमतिमा पुग्न असफल भएका छन् ।

ट्रम्पले पत्रकारहरूलाई इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजहरूमा “कुनै शुल्क नलगाउने बताएका छन् ।

सामाजिक सञ्जाल ट्रुथमा उनले होमूज खोल्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ धेरै खुसी भएको बताएका छन् ।

आमामी मे महिनामा बेइजिङमा आयोजना गरिएको शिखर सम्मेलनलाई उल्लेख गर्दै ट्रम्पले चीनमा आफ्ना समकक्षी सी जिनपिङसँग विशेष र ऐतिहासिक भेटघाट हुने बताएका छन् ।

फेब्रुअरी– २८ देखि सुरु भएको युद्ध अन्त्य गर्ने योजना अन्तर्गत तेहरानले इरानमा भण्डार गरिएको युरेनियम संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गर्नु पर्ने कुरामा पनि ट्रम्पले जोएका छन् ।

यस अघि इरानको विदेश मन्त्रालयले आफ्नो युरेनियम कतै पनि हस्तान्तरण नगर्ने बताएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार ११:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।