Logo

राजनीति

देश अग्रगमन र पश्चगमनको दोसाँधमा रहेको डा. भट्टराईको खुलासा



जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देश अग्रगमन र पश्चगमनको दोसाँधमा रहेको खुलासा गरेका छन् । भट्टराईले यस्तो बेला कुन बाटो जाने भन्ने सबैले सोच्नुपर्ने धारणा राखेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमा ट्वीटरमा ट्वीट गर्दै अध्यक्ष भट्टराईले भनेका छन्, ” ‘देश अग्रगमन र पश्चगमनको भयंकर दोसाँधमा छ। कुन बाटो जाने सबैले छातिमा हात राखेर सोचौं,’ ‘अग्रगमनको बाटो भनेको संसद पुनर्स्थापना सहित संसद पुनर्स्थापना, सहमतीय सरकार, सहमतिमा संविधान संशोधन, निर्वाचन, सुशासन र समृद्धि हो, भट्टराईले भने ।  

यसो नभए पश्चगमनतर्फ जाने उनको भनाइ छ ।

पश्चगमनको बाटो भनेको संसद विघटन, No Election, संकटकाल, संविधान खारेज, आन्दोलन/विद्रोह, बाह्य हस्तक्षेप र अन्त्यहीन द्वन्द! भएको बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए।

baburam.PNG

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार ११:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।