Logo

प्रमुख समाचार

ट्रकमा मोटरसाईकल ठोक्किँदा चालकको मृत्यु



कैलालीको टीकापुरमा रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

गएराति पौने बाह्र बजे टिकापुर नगरपालिका–४ को अस्नेरीमा लम्की–टीकापुर सडक खण्डमा बिग्रिएर रोकिराखेको से १ क ४४३ नम्बरको ट्रकमा से ६ प ५४०९ नम्बरको मोटरसाईकल ठोक्किएर भएको दुर्घटनामा चालक ध्रुव शाहीको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक २१ वर्षीय शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दैलेखको बिन्द्रासैनी नगरपालिका–४ घर भएका शाही टीकापुरमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।

त्यस्तै कैलालीको गौरीगंगा नगरपालिका–८ वडैपुरस्थित सडकमा ना.५ ख २५२१ नम्बरको ट्रकले शनिबार दिउँसो ठक्कर दिँदा सोही नगरपालिका–७ मनिकापुर बस्ने पैदलयात्री ७० वर्षीया पतनी देवी चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार १२:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।