नेपाली सेनाको गाडी र मोटरसाइकल ठोक्किँदा रोमेछापमा १४ वर्षीय बालकको मृत्यु भएको छ ।
मोटरसाइकल लिएर निस्केका रामेछाप ८ सल्लेका जगतबहादुर तामाङको छोरा सुशिलको मृत्यु भएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पछाडी बसेका अर्का १३ वर्षीय बालक पनि घाइते भएका छन् ।
सुशिल सवारी चालक अनुमतिपत्र नभए पनि हेलमेट समेत नलगाई मोटरसाइकल लिएर सडकमा निस्किएका थिए ।
बिहान १० बजे गोरख गण दल रामेछापको बा१ग १०७० नम्बरको गाडी र बा३८प ३९४८ नम्बरको मोटरसाइकल भंगेरीमा आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा घाइते १३ बर्षीय बालक रामकृष्ण तामाङको जिल्ला अस्पताल मन्थलीमा उपचार भइरहेको छ ।
काठमाडौँ आउँदै गरेको जिप दुर्घटना
यस्तै, ओखलढुंगाको सिद्धिचरण नगरपालिका-६ टोड्केमा मंगलबार जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।
बिहान सोलुखुम्बुबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ६४१२ नम्बरको जिप दुर्घटना भएको हो ।
जिपको स्टेयरिङ नमोडिएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको अवस्थामा खतरामुक्त रहेको र ओखलढुङ्गाकै मिसन अस्पतालमा उपचार भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।


















प्रतिक्रिया