Logo

प्रमुख समाचार

बुढीगण्डकी जलविद्युत मुआब्जाबारे छलफल गर्न डा. भट्टराई पुगे उर्जा मन्त्रालय



बुढिगण्डकी जलविधुत परियोजनाको मुआब्जामा देखिएको समस्याबारे छलफल गर्न डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ मंगलबार उर्जामन्त्रालय पुगेका छन् ।

परियोजनाले ओगट्ने क्षेत्रका जग्गाधनीहरुले सरकारले गरेको मुआब्जाबारे निर्णयको विरोध गरिरहेका असन्तुष्टहरुको नेतृत्व गर्दै डा. भट्टराई र श्रेष्ठ उर्जामन्त्री वर्षमान पुनसँग भेट गर्न मन्त्रालय पुगेका पुगेका हुन् ।

मन्त्रीसँग भेटपछि अहिले छलफल भइरहेको मन्त्री पुनका नीजि सचिवालयले जनाएको छ । छलफलमा परियोजना प्रभावित क्षेत्र गोरखा र धादिङका स्थानीय नेताहरु सहभागी छन् ।

सरकारले हालै गरेको मुआब्जाबारेको निर्णय विरोधमा प्रभावितहरुले काठमाडौंमा प्रदर्शन समेत गर्दै आइरहेका छन् ।

तस्बीर: मन्त्री पुनकाे नीजि सचिवालय

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार ०७:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।