Logo

प्रमुख समाचार

मानव विकास सूचांकमा नेपाल १४७औं स्थानमा



नेपाल विश्व मानव विकास सुचंकाकको १४७ औ स्थानमा परेको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल विश्व मानव विकास सुचकांकको मध्यम श्रेणीमा परेको हो ।

मानव विकासको सुचंकाकमा १ सय ८९ मुलुकमध्ये नेपाल १४७ औ स्थानमा रहेको छ । यो अफ्रिकी मुलुक केन्याको समान हो । सन् १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सुचकांकमा ०.५२६ ले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

यस अवघिमा नेपालमा जन्मदर औसत आयु १६ दशमलब १ रहेको छ भने विद्यालय शिक्षाको मध्यम वर्ष २ दशमलब ८ वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४ दशमलब ७ वर्षले वृद्धि भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले काठमाडौमा सार्वजनिक गरेको प्रतिवेदनले एसिया प्रसान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार हुदै गएको देखाएको छ ।

दक्षिण एसियामा मानव विकासमा उल्लेख्य सुधार भए पनि सन्तोषजनक र असन्तुलित रहेको प्रतिवेदनमा उल्लेख छ । दक्षिण एसियामा औसत आयु र बालबालिकाको विद्यालय जाने अविधिमा ठूलो बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले नयाँ प्रकारका असमानता, प्रविधि, शिक्षा, जलवायुजस्ता समस्याले दक्षिण एसीया प्रभावित हुने औल्याएको छ । प्रतिवेदनले सामाजिक बहिष्करण, लैंगिक विभेदलगायतका समस्या प्रगतिको बाधक भएको निष्कर्ष पनि निकालेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार १०:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।